• Tuesday 20th of October 2026

यसरी फेवातालमा अस्ट्रेलियाकी नागरिक फसेपछि…


  • धनकुटा खबर
  • .

पोखरा । फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ । बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।

डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

उनी २७ वर्षीया अष्ट्रियाको नागरिक लाउरा रहेको गणपति शर्माले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖