• Tuesday 20th of October 2026

यसरी भयो ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं— सिन्धुलीको खुरकोट नजिकै बिहीबार साँझ ग्लोबल आईएमई बैंकका कर्मचारी सवार बस दुर्घटना भएको खुलेको छ।

बर्दिबासको कार्यक्रम सकेर काठमाडौं आउनेक्रममा उक्त बस दुर्घटना दुर्घटना भएको हो। बसमा २८ जना सवार थिए। सिन्धुली प्रहरीका अनुसार २४ जना घाइते छन्।

सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले दिएको जानकारी अनुसार घाइतेहरू सबैलाई उपचारका लागि काठमाडौं नै पठाइएको छ।
बस साँझ ५:३० बजे आसपासमा सिन्धुलीको गोलन्जोर वडा नं ७ मा दुर्घटनामा परेको थियो।

बस सडकबाट १० मिटर तल घरको भित्ता र छतमा ठोकिन पुगेको थियो। गाडी घरमाथि पुगेर उत्तानो परेको थियो। दुर्घटनाबाट ठूलो क्षति भने भएको छैन।-न्यूज गृह

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖