• Tuesday 20th of October 2026

यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर युवकको मृत्यु


  • धनकुटा खबर
  • .

बझाङ : यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर युवकको मृत्यु भएको छ। सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुंगामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो।

बुधबार श्रीमतीसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा आज बिहान ५ बजे धौलढुंगा पुगेका थिए। बिहान यार्सा संकलनका लागि हिँडेका बोहरा एक्कासि हिउँमा चिप्लिँदा घटनास्थलमै ज्यान गएको स्थानीय दिपेश दमाइले बताए। घटनास्थल सुर्माबाट एक दिनको दूरीमा पर्दछ।

उनको शव घर ल्याइरहेको स्थानीयले बताए। घरमा दुई छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका बोहरा दम्पतीले यो बर्जपात बेहोर्नुपरेको हो।

बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेकाले छोटो समयमै बढी आम्दानी गर्ने उद्देश्यले स्थानीयहरु लेकतिर चढ्ने गर्दछन्। लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन्।-अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖