• Tuesday 20th of October 2026

श्रृजना होटलमा यसरी यौनधन्दा, तेस्रो लिङ्गीसहित मालिक समातिए


  • धनकुटा खबर
  • .

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित श्रृजना होटलमा यौनधन्दा संचालन भइरहेको अवस्थामा प्रहरीले होटल मालिक सहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सुचनाको आधारमा अत्तरियामा रहेका विभिन्न होटेलहरुमा अनैतिक क्रियाकलाप भइरहेको सूचना प्राप्त भएपछि, इलाका प्रहरी कार्यालय मालाखेती कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले बिहीबार साँझ छापा मारेको थियो।

छापा मार्ने क्रममा श्रृजना होटलमा अनैतिक क्रियाकलाप भइरहेको अवस्थामा होटल सञ्चालक एक तेस्रो लिङ्गी र एक पुरुष गरी जम्मा दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको गहन अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पुर्याएर कारबाही गरिने प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖