• Tuesday 20th of October 2026

तीर्थयात्री बोकेको बस दुर्घटना हुंदा २२ जनाको मृत्यु, ५७ घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । अन्य ५७ जना घाइते भएका छन् । तीर्थयात्री सवार बस जम्मुको चोकीचोरा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट १ सय ५० फिट तल खसेको छ ।

द हिन्दुका अनुसार उत्तर प्रदेशका र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा सवार थिए ।

उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै थिए । घाइतेहरुको जम्मुको अखनुर अस्पताल र सरकारी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केन्द्रीय सरकारले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖