• Tuesday 20th of October 2026

बस दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुग्यो, ६९ जना घाइते


  • धनकुटा खबर
  • .

जम्मु । भारतको जम्मु–कश्मीरको जम्मुमा बिहीबार भएको सडक दुर्घटनामा मर्नेको सङ्ख्या २२ पुगेको छ । यात्री भरिभराउ रहेको बस जम्म–पूंछ राजमार्गको अखनूरमा पर्ने चूंगी मोडमा भीरबाट खसेको थियो ।

बसमा सवार ६९ यात्री घाइते रहेको बताइएको छ । बसमा ९१ जना सवार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र केहीलाई जम्मू मेडिकल कलेज (जेएमसी) पठाइएको बताइएको छ ।

उत्तर प्रदेशको नम्बर प्लेट भएको सो बस हरियाणाको कुरुक्षेत्रबाट शिवखोडी धाम जाँदै गर्दा दुर्घटनामा परेको हो । तीव्र गतिमा गुडिरहँदा विपरीत दिशाबाट आइरहेको बसका कारण सन्तुलन गुमाएर बस भीरमा खसेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖