• Tuesday 20th of October 2026

घरको छतमा चढ्दा करेन्ट लागेर युवकको मृत्यु


  • धनकुटा खबर
  • .

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । गढी गाउँपालिका-२ बस्ने २४ वर्षीय मोहमद अफ्रोज मियाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका-८ स्थित चिन्तन चौतारी नजिक मन्जिल प्रधानको घरको छत माथि चढी सिटिसफारी बोलाउने क्रममा नजिकै रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖