शनिबार दिउँसो नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्मका विभिन्न ठाउँमा पानी परेको छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार अहिले पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ओखलढुंगाका केही स्थानहरूमा पानी परिरेहको छ।
धनकुटाको लेगुवाघाटमा पछिल्लो तीन घन्टामा ३३.८ मिलिमिटर वर्षा भएको छ। पाँचथरमा १४ मिलिमिटर, सिन्धुलीमाढीमा १२.६ मिलिमिटर, सिन्धुपाल्चोकमा १२.८ मिलिमिटर, धादिङको धुनीवेशीमा १९.२ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै तनहुँको बन्दीपुरमा १८ मिलिमिटर, चितवनमा कालीखोलामा १२.४ मिलिमिटर, देवघाटमा १५.४ मिलिमिटर, गुल्मीको भर्सेमा २०.८ मिलिमिटर, दाङको लुवामझुला बजारमा २१.८ डिग्री सेल्सियस वर्षा भएको छ।
सुदूरपश्चिमका डोटी, डडेलधुरामा पनि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिपायलमा पछिल्लो तीन घन्टामा १७.४ मिलिमिटर वर्षा भएको छ।
डडेलधुराको अमरगढी आसपास २६.४ मिलिमिटर वर्षा भएको छ। अन्य ठाउँका पहाडी भूभागहरुमा पनि शनिबार हल्का वर्षा भएको छ।
