• Monday 5th of October 2026

नेम्वाङ निवासमा राष्ट्रियसभामा अध्यक्षको समवेदनापत्र- नेपालको शान्ति प्रक्रिया उहाँको भूमिका महत्वपूर्ण


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। आइतबार बिहान बालुवाटार स्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्।

अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्ति प्रक्रिया र संबिधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्वपूर्ण भूमिकाको स्मरण गरेका छन्।

नेम्वाङको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख छ।्

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖