• Tuesday 20th of October 2026

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी,२० जेठ । कञ्चनपुरको बेदकोटमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

बेदकोट नगरपालिका – १० सिसैयामा टिप्परले ठक्कर दिदा बेदकोट नगरपालिका – ६का ५२ वर्षीय काले सुनारको मृत्यु भएको हो ।

पुर्बबाट पश्चिम तर्फ जादै गरेको सुपप्र ०२००१ क ५१४ नम्बरको टिप्परले सोही दिशा तर्फ आइरहेको साईकललाई ठक्कर दिदाँ सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले उक्त टिप्पर र टिप्पर चालक बेदकोट नगरपालिका –३ का दिपक प्रसाद पन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖