• Tuesday 20th of October 2026

ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुंदा २५ वर्षिय युवाको निधन


  • धनकुटा खबर
  • .

सप्तरी । सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका २ सखरदेहीस्थित सडकमा हनुमानगरबाट भारदहतर्फ जाँदै गरेको स १ त ३३०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक कंकालिनी नगरपालिका १ बस्ने २५ वर्षीय आनन्द मण्डलको मृत्यु भएको छ ।

ट्याक्टरको अगाडिको चक्का फुस्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖