• Tuesday 20th of October 2026

स्वघोषित अभियन्ता तारा बराल ५ दिन हिरासतमा रहने


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २१। साइबर अपराध र ब्ल्याकमेलिङको कसुरमा पक्राउ परेकी स्वघोषित सामाजिक सञ्जाल अभियन्ता तारा बराल ५ दिन हिरासतमा रहेन भएकी छन् । बराललाई आइबतार बबरमहलबाट साइबर ब्यूरोले पक्राउ गरेको थियो ।

विभिन्न व्यक्तिहरुको अडियो स्वरांकन गरी र गर्न लगाई बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको, चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेको कसुरमा बराललाई पक्राउ गरिएको हो।

आफूलाई तारा बराल लगायतका समूहले बारम्बार बार्गेनिङ गरेको भन्दै पूर्व एआईजी रणबहादुर चन्दले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। चन्दका सम्बन्धमा नक्कली अडियो तयार पारी स्वरांकन गरिएको र सोही अडियोका आधारमा ब्ल्याकमेलिङ गरिएको भन्दै उजुरी परेपछि बराललाई पक्राउ गरिएको हो।

भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी चन्दबीचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ ।

बराललाई आइतबार नै काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖