• Thursday 8th of October 2026

आमाबुबा बने नताशा र वरुण धवन


  • धनकुटा खबर
  • .

काठमाडौँ – अभिनेता वरुण धवन र उनकी पत्नी नताशालाई सन्तान प्राप्ति भएको छ ।

नताशाले मंगलबार छोरीलाई जन्म दिएकी छन् । वरुणका पिता तथा बलिउड निर्देशक डेभिड धवनले घरमा लक्ष्मीले जन्म लिएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

सुत्केरी व्यथाले च्यापेपछि नताशालाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । नताशा र वरुण पहिलो पटक आमाबाबु बनेका हुन् ।

उनीहरूले २४ जनवरी २०२१ मा विवाह गरेका थिए । त्यसको तीन वर्षपछि पहिलो सन्तानलाई स्वागत गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖