• Thursday 8th of October 2026

गाई तस्करीको आशङ्कामा कुटिपट, दुईको मृत्यु, एकको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

छत्तीसगढ । छत्तीसगढको राजधानी रायपुर नजिकैको अरङ सहरमा गाई तस्करीको आशङ्कामा भीडको आक्रमणमा परेर उत्तर प्रदेशका दुई जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । घटनामा एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

भीडको आक्रमणमा मारिएका चन्द मियाँ र गुड्डु खान नामका यी दुई जना उत्तर प्रदेशको सहारनपुरका बासिन्दा रहेको बताइएको छ । शनिबार प्रहरीले यस हमलामा गम्भीर घाइते भएका युवक सद्दाम कुरेशीको बयान लिने प्रयास गर्नेछ ।

प्रहरीका अनुसार सद्दामको बयानले वास्तवमा के भयो भन्ने स्पष्ट पार्नेछ। रायपुरबाट ७० किलोमिटर टाढा महासमुण्ड–आरङ सडकमा रहेको महानदीको पुलमा शुक्रबार राति करिब २ बजे ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रायपुर ग्रामीणका अतिरिक्त प्रहरी उपरीक्षक कीर्तन राठौरले बीबीसीसँग भने, ‘यी मानिसहरू ट्रकमा भैँसी बोकेर यात्रा गरिरहेका थिए। कतिपयले उनीहरूलाई कुटपिट भएको बताएका छन्। तर केहीले आक्रोशित भिडबाट बच्न उनीहरूले पुलबाट खोलामा हाम फालेका थिए, जहाँ दुईको मृत्यु भयो । राठौरले यस हमलामा घाइते भएका सद्दाम कुरैशीको बयानले मात्र आफूलाई के भयो भन्ने कुरा स्पष्ट हुने बताए।

NCHIL

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖