काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् ।
दुई साताअघि गम्भीर झाडापखालाका बिरामी भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषमा परीक्षणको क्रममा हैजा संक्रमण पुष्टि भएको हो। स्थायी ठेगाना मकवानपुर जिल्ला भएका उनी काठमाडौंमै बसोबास गर्ने गरेको पाइएको छ।
अत्यधिक रूपमा झाडापखला लागेर अस्पताल पुगेका उनलाई लक्षणको आधारमा चिकित्सकले हैजा परीक्षण गर्दा हैजा संक्रमण पोजेटिभ आएको अस्पतालक सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले बताए।
यस्तै, यतिखेर अस्पतालमा झाडापखलाका बिरामी पनि धेरै आउने गरेकाले हैजाको जोखिम झनै बढ्दै गएको उनले बताए। काठमाडौंमा यस अघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो।
