• Monday 5th of October 2026

के तपाईँको आईफोनमा पनि आउँदै छ आईओएस १८ अपडेट ?


  • धनकुटा खबर
  • .

काठमाडौं । एप्पलले आईफोनका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस १८ घोषणा गरेको छ । आईओएस १८ मा कस्टमाइज होमस्क्रिन र कन्ट्रोल प्यानल, अपडेट गरिएका एप, लक एन्ड हाइड एप, एप्पल इन्टेलिजेन्स जस्ता अनेकौं फिचर उपलब्ध हुनेछन् । यस्तोमा आफ्नो आईफोनले आईओएस १८ सपोर्ट गर्छ/गर्दैन भनेर जिज्ञासा लाग्नु स्वभाविक हो ।

तपाईंसँग निम्न मोडेलका आईफोन छन् भने आईओएस १८ अपडेट पाउनुहुने छ:

-आईफोन एक्सएस

-आईफोन एक्सएस म्याक्स

-आईफोन एक्सआर

-आईफोन ११

-आईफोन ११ प्रो

-आईफोन ११ प्रो म्याक्स

-आईफोन १२

-आईफोन १२ मिनी

-आईफोन १२ प्रो

-आईफोन १२ प्रो म्याक्स

-आईफोन १३

-आईफोन १३ प्रो म्याक्स

-आईफोन एसई (सेकेन्ड जेनेरेसन र पछाडिका भर्सन)

-आईफोन १४

-आईफोन १४ प्लस

-आईफोन १४ प्रो

-आईफोन १४ प्रो म्याक्स

-आईफोन १५

-आईफोन १५ प्लस

-आईफोन १५ प्रो

-आईफोन १५ प्रो म्याक्स

यसका साथै एप्पलले आउँदाे सेप्टेम्बरमा ल्याउने आईफोन १६ सिरिजले पनि आईओएस १८ सपाेर्ट गर्नेछ ।

आईओएस १८ सँगै आउने एप्पल इन्टेलिजेन्स पनि सपोर्ट हुन्छ ?

आईओएस १८ मा आउने नयाँ फिचर हो, ‘एप्पल इन्टेलिजेन्स’। आईओएस १८ सँगै उपलब्ध हुने एआई फिचरहरूलाई एप्पल इन्टेलिजेन्स नाम दिइएको छ । यसअन्तर्गत सफारी र मेलमा सारांश सहितको नतिजा देखिनेदेखि सिरीमा एआईसम्मको फिचर समावेश गरिएको छ ।

तर पुराना आईफोन मोडेलमा आईओएस १८ सपोर्ट हुने भएता पनि ती सबै मोडेलमा एप्पल इन्टेलिजेन्स उपलब्ध हुने छैन । एप्पलका अनुसार यो फिचर निम्न मोडेलमा मात्र उपलब्ध हुने छ:

-आईफोन १५ प्रो

-आईफोन प्रो म्याक्स

यी मोडेलहरूमा ए१७ प्रो चिपसेट नामक एप्पलको सबैभन्दा शक्तिशाली प्रोसेसर राखिएको छ । यहीकारण यी चिपसेटले अन-डिभाइस एआई फिचर सपोर्ट गर्न सक्छन् । यसकारण पनि एपपलले यी डिभाइसमा मात्र एप्पल इन्टेलिजेन्स उपलब्ध गराउन लागेकाे हो ।

यसका साथै आईफोन १६ का प्रो मोडेलमा यो फिचर उपलब्ध हुने छ । एप्पल इन्टेलिजेन्स फिचर २०२४ को अन्त्यतिर उपलब्ध हुने एप्पलले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖