• Monday 5th of October 2026

विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ ।

प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖