• Monday 5th of October 2026

यसरी बन्द गर्नुहोस् फेसबुकमा ‘फ्रेन्ड सजेसन’


  • धनकुटा खबर
  • .

काठमाडौँ – के तपाईँलाई थाहा छ फेसबुकमा पिपुल यू मे नो तथा फ्रेण्ड सजेसनलाई बन्द गर्न सकिन्छ नि । फेसबुकमा कयौँ यस्ता व्यक्तिहरू हुन्छन्, जो आफ्नो साथी सर्कल सीमित राख्न चाहन्छन् ।

तर फेसबुकको एल्गोरिदम नै यस्तो छ कि, तपाईँको जानकारीको आधारमा आसपासका व्यक्तिहरुबीच सजेसन देखाइरहन्छ ।

त्यसैले फेसबुकमा अनावश्यक फ्रेण्ड सजेसन बन्द गर्न यी उपाय अपनाउनुहोस् ।

यसका लागि सुरुमा फेसबुक एप खोल्नुहोस् र दायाँ कुनामा रहेको तीन वटा धर्सामा थिच्नुहोस् ।

अब थोरै तल रहेको सेटिङ एन्ड प्राइभेसी हुँदै सेटिङभित्र जानुहोस् । त्यसपछि तल रहेको नोटिफिकेसन सेटिङमा प्रवेश गर्नुहोस् ।

अब पिपुल यू मे नो अप्सन देखिनेछ । यहाँ तपाईंले अलाउ नोटिफिकेसन अन फेसबुक अप्सनुलाई डिसेबल गर्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि तपाईंलाई फेसबुकले कुनै पनि प्रकारका फ्रेन्ड्स सजेसन नोटिफिकेसन पठाउने छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖