• Sunday 4th of October 2026

नेपालमै ‘पहिलोपटक’ हाइड्रोजनबाट खाना पकाउने सफल परीक्षण


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालमै ‘पहिलोपटक’ हाइड्रोजनबाट खाना पकाउने सफल परीक्षण गरिएको छ । विश्वभर स्वच्छ ऊर्जाका रूपमा हाइड्रोजनको प्रयोग र विकास हुँदै गर्दा नेपालमा पनि त्यसबाट खाना पकाउने परीक्षण गरिएको हो ।

काठमाडौं विश्वविद्यालयको ‘ग्रीन हाइड्रोजन ल्याब ०२१८’ प्रयोगशालामा नेपालमै उत्पादित हाइड्रोजन इन्धनबाट खाना पकाउने सफल परीक्षण गरिएको जनाइएको छ ।

नेपाल इनर्जी फाउन्डेसन, लुसर्न स्कुल अफ इन्जिनियरिङ एन्ड आर्किटेक्चर स्वीट्जरल्यान्ड र इनोभेटिभ यूके प्रोग्रामअन्तर्गतको इनर्जी क्याटलिस्ट प्रोजेक्टको आर्थिक सहायतामा सो परीक्षण गरिएको थियो ।
काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले हाइड्रोजनबाट खाना पकाउने यो सम्भवतः नेपालमै पहिलोपटक सफल परीक्षण भएको बताए ।

हाइड्रोजनलाई इन्धनका रूपमा प्रयोग गर्न सकिने स्वीट्जरल्यान्डबाट ल्याइएको चुलोमा खाना पकाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖