टोरन्टो । क्यानडेली अभिनेता डोनाल्ड सदरल्याण्डको मृत्यु भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका डोनाल्डको जुन २० मा निधन भएको हो । मृत्युको खबर अभिनेताका छोरा किफर सदरल्याण्डले पुष्टि गरेका छन् । किफरले सामाजिक सञ्जालमा एक भावुक नोट लेखेका थिए ।
भारी मनको साथमा आफूले पिताको मृत्यु भएको खबर बताइरहेको नोटमा उनले भनेका छन् । पितालाई फिल्म इतिहासमा सर्वाधिक महत्त्वपूर्ण अभिनेता मान्ने पनि उनले बताएका छन् । राम्रो, नराम्रो, कुरूप कुनै पनि भूमिकाबाट उनी नडराउने अनि आफ्नो कामलाई निकै माया गर्ने गर्थे भनेर नोटमा किपरले लेखेका छन् ।
डोनाल्डका छोरा किपर पनि अभिनेताहरु बाबु छोराले कयौँ फिल्ममा साथै काम पनि गरेका छन् । यी मध्ये केही हुन् म्याक्स डुगन रिटन्र्स, फोर्सकेन र ए टाइम टु किल । द डर्टी डजन, म्याश, क्लुट, द हङ्गर गेम्स र डोन्ट लुक नाउलगायत फिल्ममा गरेको अभिनयले डोनाल्डलाई आइकन बनाएको हो ।
आधा शताब्दी लामो अभिनय जीवनमा उनले झन्डै २०० फिल्ममा काम गरेका थिए । डोनाल्डले टेलिभिजनमा पनि राम्रो छाप छोडेका छन् ।
