• Friday 9th of October 2026

विश्वकपको सबैभन्दा ठुलो स्कोर श्रीलंकाको नाममा


  • धनकुटा खबर
  • .

एजेन्सी । टी–२० विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा ठुलो स्कोर बनाउने राष्ट्र श्रीलंका हो । टी–२० विश्वकपको सन् २००७ मा सम्पन्न पहिलो संस्करणमै श्रीलंकाले यो कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यो कीर्तिमान अहिलेसम्म पनि कसैले तोड्न सकेको छैन ।

त्यो विश्वकपमा श्रीलंका समूह ‘सी’ मा परेको थियो । समूहगत चरणको केन्याविरुद्धको खेलमा श्रीलंकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६० रन बनाएको थियो । टी–२० विश्वकपको इतिहासमा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर यही हो ।

त्यो खेलमा श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान सनथ जयसूर्याले ४४ बलमा चार छक्का र ११ चौकाको मद्दतले ८८ रन बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका माहेला जयाबद्र्धनेले पनि २७ बलमा दुई छक्का र नौ चौकाको मद्दतले ६५ रन बनाएका थिए । त्यो खेलमा श्रीलंका एक सय ७२ रनले विजयी भएको थियो ।

टी–२० विश्वकपको इतिहासमा दोस्रो ठुलो स्कोर बनाउने राष्ट्र भने इङ्ल्यान्ड हो । सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डले आठ विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । त्यो खेलमा इङ्ल्यान्ड दुई विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖