• Thursday 8th of October 2026

लद्दाखको नदीमा बाढीमा परि पाँच भारतीय सैनिकको मृत्यु


  • धनकुटा खबर
  • .

लद्दाख । लद्दाखको वास्तविक नियन्त्रण रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो ।

रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौँ । यस दुखद घडीमा ती सैनिकहरूका परिवारसँग उभिने छौँ । यो घडीमा सिङ्गो देश उहाँहरूको साथमा छ ।

शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्ने क्रममा दुर्घटना भएको हो । यसैबिच नदीको पानीको सतह एक्कासि बढेको थियो ।

दुर्घटना हुँदा ट्याङ्कमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओका अनुसार २८ जुन २०२४ को रातमा सैन्य प्रशिक्षणको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्याङ्की फसेको थियो। ‘अचानक बाढी आउँदा ट्याङ्क अड्कियो । उद्धार टोली तुरुन्तै घटनास्थलमा पुग्यो तर पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्याङ्क चालक दलका सबै सदस्यले ज्यान गुमाए,’ पीआरओले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖