• Thursday 8th of October 2026

उचाइको बारेमा होच्याउने इटालीकी पत्रकारलाई पाँच हजार जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं । इटालीकी एक महिला पत्रकारलाई उचाइ बारेमा होच्याएर लेखेकोमा पाँच हजार डलर जरिवाना गरेको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार इटालीको मिलान अदालतले सन २०२१ को एक कमेन्टको कारण परेको मुद्दामा यस्तो फैसला गरेको हो ।

हाल प्रधानमन्त्री भएकी इटालीकी नेतृ गिओर्गिया मिलोनीलाई उचाइको बारेमा होच्याउने पत्रकार गिउलिया कोर्तेसेले सन २०२१ को अक्टोबरमा लेखेकी थिइन्, ‘तिमीसँग मलाई डर छैन गिओर्गिआ मेलोनी । तिमी १.२ मिटर मात्रै उचाइकी छौँ । तिमीलाई म देख्न पनि सक्दिन ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖