• Monday 5th of October 2026

अविवाहित टेलिग्रामका संस्थापक दुरोभको कसरी भयो १२ देशमा १०० बच्चा


  • धनकुटा खबर
  • .

काठमाडौं । रुसी नागरिकले सिर्जना गरेको चर्चित सामाजिक सञ्जाल टेलिग्रामका संस्थापकले एक रोचक निजी कथा सार्वजनिक गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार उनले १२ देशमा १०० बच्चा भएको खुलाएका छन् ।

पाभेद दुरोभ नामका टेलिग्राम संस्थापकले आफू वीर्यदाता भएको बताएका छन् । आफूले १५ वर्ष अगाडिबाट नै यस्तो दान सुरु गरेको उनले बताएका छन् ।

आफूले गुमनाम भएर आफ्नो उच्चस्तरीय वीर्य दिएको भन्दै उनले केही समयपछि आफ्नो डीएन सेक्वेन्स सार्वजनिक गरेर आफ्ना सन्तानहरुले एकअर्कालाई चिन्न सहज बनाउने बताएका छन् ।

अविवाहित दुरोभले वीर्यदानमा जोखिम भए पनि त्यसमा आफ्नो कुनै गुनासो नभएको बताएका छन् । दुरोभका १०० बच्चाको कुरा सार्वजनिक भएपछि अमेरिकी खर्बपति तथा एक्स (साविकको ट्विटर)का साहु एलन मस्कले हाँस्यव्यङ्ग्य गर्दै १०० बच्चा हुनु भनेको त जंगिज खानको जत्तिकै भएको औंल्याएका छन् ।

एलन मस्कका पनि तीन महिलाबाट १२ सन्तान भएको आरटीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖