• Monday 5th of October 2026

आज राति झण्डै ४ घण्टा एनटीसीको कार्ड रिचार्ज नहुने


  • धनकुटा खबर
  • .

नेपाल टेलिकमको सिमकार्ड आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ।

विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ।

यस अवधिमा व्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरु प्रभावित हुने छन्। टेलिकमले राति ११ बजेअघि नै रिचार्ज र आवश्यक डाटा प्याकेज खरिद गर्न पनि टेलिकमले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने बन्द नहुने टेलिकमको सूचनामा उल्लेख छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖