मुम्बइ – बलिउड सुपरस्टार अभिनेत्री ऐश्वर्या राई र अभिनेता अभिषेक बच्चनबीचको सम्बन्ध लामो समयदेखि चर्चामा छ । उनीहरुको सम्बन्धविच्छेदको खबर पनि लगातार आइरहेको छ । यद्यपी यी दुबैले याे बिषयमा केही भनेका छैनन् ।
अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या राई सँगै गएका थिएनन् । यस विवाहमा अभिषेक आफ्ना आमाबुवासँग पुगेका थिए । जहाँ ऐश्वर्या आफ्नी छोरीसँगै पुगेकी थिइन् । त्यसपछि यो जोडीको सम्बन्धविच्छेदको खबरले गति लियो ।
हालै ऐश्वर्या छोरीसँग बिदा मनाउन विदेश गएकी थिइन् । त्यतिबेला पनि अभिषेक सँगै देखिएका थिएनन् । अहिले ऐश्वर्या भारत फर्किएकी छिन् । यसपछि ऐश्वर्याका ससुरा तथा अभिनेता अमिताभ बच्चनले सामाजिक सञ्जालमा विशेष पोस्ट गरेका छन् ।
अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी हरेक दिन केहि वा अर्को पोस्ट गरिरहन्छन्। उनले आफ्नो रियालिटी क्विज शो ‘कौन बनेगा करोडपति १६’ सँग सम्बन्धित पोस्ट गरेका छन् ।
दिग्गज अभिनेताले पोस्टमा लेखेका छन्, केही दिन अघि छोरा अभिषेक बच्चनको बारेमा कुरा गरेका थिए । उनले X मा जुनियर बच्चनका केही फिल्मको कोलाज पोस्ट गरेका थिए। आफ्नो छोराको तारिफ गर्दै दिग्गज अभिनेताले लेखेका थिए, ‘अभिषेक, तिमी धेरै राम्रो छौ… माया र धेरै धेरै’।
आफ्ना फिल्महरू बाहेक, अमिताभ बच्चनले आफ्नो टिभी शो ‘कौन बनेगा करोडपति’ बाट पनि आफ्ना सबै फ्यानहरूलाई मनोरञ्जन दिन्छन्। केबीसीको १६ औं सिजन चाँडै सुरु हुँदैछ । ‘KBC 16’ सोमबार, अगस्त 12 बाट सोनी टिभीमा प्रिमियर हुनेछ।
अमिताभ बच्चन अन्तिम पटक फिल्म ‘कल्की २८९८ ईस्वी’ मा देखिएका थिए। जुन २७ मा रिलिज भएको यो चलचित्र अहिले पनि हलमा चलिरहेको छ । कल्किले विश्वभर १००० करोडभन्दा बढी कमाइ गरिसकेका छन् ।
