• Wednesday 11th of November 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि युवाहरूले बालेन शाह जिन्दावाद !भन्दै नारा लगाएपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने क्रममा राष्ट्रपति र प्रधानमन्त्रीकै अगाडि युवाहरूको एक समूहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा नारा लगाएको छ ।

आइतबार अप्राह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिकहरूले भोटोजात्राको अवलोकन गरिहरेका बेला २०–३० जनाको युवाहरूको समूहले ‘बालेन शाह – जिन्दावाद’को नारा लगाएको हो ।

उनीहरूलाई साम्य पार्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । पछि आफैँ नारा लाग्न छोडेको थियो ।

वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।

राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖