• Thursday 12th of November 2026
  • ट्रेण्डिङ :

निर्वाचन क्षेत्र जाँदा ममाथि दुर्व्यवहार भयो: सोबिता गौतम


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।

उनले सोमबार प्रतिनिधि सभामा बोल्दै निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्।

‘अविरल वर्षातले मेरो निर्वाचन क्षेत्र (काठमाडौं–२) मा अवलोकनका लागि गएको थिएँ। साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा पुगेँ। मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर गएको थिएँ। त्यहाँको पहिरो अवलोकन गरेर फर्कने क्रममा सामान्य अवस्थामा नरहेका युवा ममाथि दुव्र्यवहार गर्ने किसिमले प्रस्तुत हुनुभयो,’ उनले भनिन्।

उनले अहिले दुर्व्यवहार भएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ! युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साने अभ्यास के यो अमर्यादित होइन? के यो जंगली प्रकारको भएन?’ उनले प्रश्न गरिन्।

सरकारले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सोच्नुपर्ने पनि बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖