अमेरिकामा भएको चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरणमा निष्पक्ष न्यायका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरकारी वकिल सारा सामी (Sarah Sami) प्रति नेपाली समुदायले सम्मान र आभार व्यक्त गरेको छ।
एउटी नेपाली चेलीमाथि भएको अन्याय र पीडालाई गम्भीरतापूर्वक उठाउँदै अदालतमा न्यायका पक्षमा दृढतापूर्वक उभिएकी सामीको भूमिका नेपाली समुदायले प्रशंसा गरेको हो।
यस कठिन न्यायिक प्रक्रियामा उनले देखाएको व्यावसायिक प्रतिबद्धता, मेहनत र कानुनी पैरवीलाई नेपाली समुदायले महत्वपूर्ण योगदानका रूपमा लिएको छ।
ममता काफ्ले भट्टका लागि न्यायको आवाज बुलन्द गर्न भूमिका खेलेकी सारा सामीप्रति नेपालीहरूले कृतज्ञता व्यक्त गर्दै उनको योगदानलाई सम्मानका साथ स्मरण गरिरहेका छन्।
