बैतडी । भारतको दिल्लीमा काम गर्दै आएका बैतडीका एक युवकले आँफैलाई चक्कु प्रहार गरेका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-३ मड घर भएका अन्दाजी २५ बर्षीय सुरेन्द्र धामीले चक्कुले आफ्नै घाँटी रेटेका हुन् ।
चक्कुले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका र उनको दिल्लीस्थित जेपी हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट जयबहादुर चन्दले जानकारी दिए। जेपी हस्पिटलमै फुड लाइनको सोडेक्स कम्पनीमा एक बर्षदेखि कार्यरत धामी १०/१५ दिन अगाडिदेखि बिदामा रहेका थिए। दुई/तीन अगाडि मात्रै बिदा सकेर काममा फर्किएका उनले बुधबार आँफैलाई चक्कु प्रहार गरेका हुन्। धामीले आँफैलाई आफूले किन चक्कु प्रहार गरे भन्ने कुरा खुलेको छैन्।
धामी गम्भीर घाइते भएका र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको चन्दले बताए।
