• Tuesday 6th of October 2026

राज्यका अगाडि देखिएका अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्छु : अर्थसचिव


  • धनकुटा खबर
  • .

काठमाडौं । नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले राज्यका अगाडि देखिएका अर्थतन्त्रका चुनौती समाधान गरेरै छाड्ने अठोट व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिदै सचिव पुस्करले राज्यका अगाडि देखिएका चुनौतीलाई जसरी पनि समाधान गर्ने अठोट व्यक्त गरेका हुन् ।

उनले अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण रहेको जिकिर गरे । सचिव पुस्करले विभिन्न विषयमा देखिएका चूनौतीहरुलाई सबै सरोकारवाला मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖