• Wednesday 7th of October 2026

‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ एउटै मितिमा


  • धनकुटा खबर
  • .

दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ। सोही मितिमा अर्को फिल्म ‘ज्वाइँ साब’ पनि रिलिज हुने भएको छ।

यो फिल्मको मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

योसँगै दसैंको फूलपातिमा हलमा दुई नेपाली फिल्मको भिड्न्त पक्का देखिएको छ।

दीपाश्री निरौलाको निर्देशन रहेको ‘छक्का पञ्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटीको मुख्य अभिनय छ।

बसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’ मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖