• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

यमराजको पूजा गर्दागर्दै पक्राउ परेका ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको छ। उनी साउन १४ गते पूजा गर्दैगर्दा पक्राउ परेका थिए ।

झापाको बुद्धशान्तिका २९ वर्षीय खतिवडा पण्डित पनि हुन् । प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖