• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

विद्यालय जाँदै गरेकी शिक्षिकाको पहिरोमा पुरिएर मृत्यु


  • धनकुटा खबर
  • .

पहिरोमा पुरिएर विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु भएको छ।खोटाङको रावाबेंसी गाउँपालिका-३, लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवारको बिहीबार बिहान विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएको हो। लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत शिक्षिका नेवार वडा कार्यालय नजीकै पहिरोमा पुरिएकी हुन्।

करीब १०० मिटर माथिबाट सडकको डिल खस्दा शिक्षिका पुरिएको वडाध्यक्ष वीरेन्द्र मगरले बताए। स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएकी हुन्।

पहिरो जाने जस्तो देखेपछि स्थानीय बासिन्दाले त्यो बाटो नहिंड्न सुझाएका थिए। तर स्कूल पुग्ने हतारमा रहेकी उनी फर्केर अर्को बाटो जान नमानेको स्थानीय बासिन्दाले बताए। उनले केही महीनापछि अनिवार्य अवकाश पाउँदै थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖