• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

यिनै हुन् विद्यालय जाँदै गर्दा पहिरोमा पुरिएर मृत्यु भएकी शिक्षिका


  • धनकुटा खबर
  • .

खोटाङ, ३१ श्रावण । खोटाङमा पहिरोले पुरिँदा एक शिक्षिकाको मृत्यु भएको छ ।रावाबेसीँ गाउँपालिका-३ लामिडाँडाकी ५७ वर्षीया सावित्रादेवि नेवारको पहिरोले पुरेर मृत्यु भएको हो ।

बिहीबार बिहान १० बजे विद्यालयतर्फ जाँदै गरेकी नेवारलाई करिब ५० मिटरमाथिको सडकबाट झरेको पहिरोले पुर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।

लामिडाँडास्थित विश्वज्योति माविमा कार्यरत शिक्षिका वडा कार्यालय नजीकै पहिरोमा पुरिएकी हुन् । स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाउँदा उनी मृत भेटिएको डिएसपी खड्काले बताए।

पहिरो जाने जस्तो देखेपछि स्थानीय बासिन्दाले त्यो बाटो नहिंड्न सुझाएका थिए । तर स्कूल पुग्ने हतारमा रहेकी उनी फर्केर अर्को बाटो जान नमानेको स्थानीय बासिन्दाले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖