• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

माछा मार्न जाँदा बगेर एकजना बेपत्ता


  • धनकुटा खबर
  • .

बागलुङ — बाढी आएको समयमा यहाँको दरमखोलामा माछा मार्न जाँदा बगेर एक जना बेपत्ता भएका छन् । गलकोट नगरपालिका-१० घर भई ६ नम्बर वडामा बस्दै आएका ४२ वर्षीय रमेश परियारलाई खोलाले बगाएको हो ।

शुक्रबार बिहान साढे ७ बजे परियार खोलामा माछा मार्न पसेका थिए । रातभरको वर्षाले बढेको दरमखोलाले परियारलाई तत्कालै बगाएको स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

बाढीले बगाएको खवर पाउनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी नायव निरीक्षक तोरणध्वज पौडेलको नेतृत्वमा खोजी टोली खटिएकोमा अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । घटनास्थलदेखि तल्लो क्षेत्रमा स्थानीयले पनि खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖