• Monday 5th of October 2026

ईसेवाबाटै ऋण लिन मिल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो ।

“यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको पुष्टि गरे । “हाम्रो सिस्टम तयार भइसकेको छ,” सीईओ खड्काले टेकपानासँग भने, “ढिलोमा बुधबारसम्म लाइभ हुन्छ ।”

प्रयोगकर्ताले वालेट प्रयोग गर्दै आएको समय, उसले प्राप्त गरेको रिवार्ड्स पोइन्ट लगायतका विषयका आधारमा ऋण पाउने अनुमान गरिएको छ ।

कतिदेखि कतिसम्म ऋण पाइन्छ, ब्याजदर के हुन्छ, कहिलेसम्म तिरिसक्नु पर्छ, नतिरेको खण्डमा के हुन्छ भन्ने लगायतका विषय ‘लोन’ फिचर सार्वजनिक भएपछि नै थाहा होला ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖