• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका एक वरिष्ठ हवल्दारको मृत्यु


  • धनकुटा खबर
  • .

चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका एक वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा परि गम्भीर घाइते भएका वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ राईनास धमेलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए ।
मनहरीबाट चितवनको खोले सिमल आउने क्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖