काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानले हुलवादको आधारमा समाजवादमा पुग्ने परिकल्पना गरेको बताउनुभएको छ ।
नेपाली कांग्रेका नेता स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा मंलबार आयोजित कार्यक्रममा बोल्दै देउवाले संविधान कार्यान्वयनमा देखिएका समस्या बिस्तारै समाधान गर्दै जानु पर्ने बताउनुभयो । ‘केही कुरामा समस्या छन्, ती समस्या पनि समाधान हुन सक्छन्, संविधानमा केही संशोधन गर्ने कुराहरूमा केपी ओलीजी र मेरो सहमति भएको हो’, देउवाले भन्नुभयो ।
देउवाले लुकाउनु पर्ने केही कुरा नभएको बताउँदै सबैको सहमतिमा संविधान संशोधन गरेर अघि बढ्नु पर्ने बताउनुभयो । संविधान सबैसँग सल्लाह गरेर संशोधन गरिने कुरा भएको देउवाले प्रष्ट पार्नुभयो ।
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रचलन अन्य मुलुकमा पनि भएकोले नेपालमा पनि त्यसो गर्न सकिने देउवाले बताउनुभयो । यी सबै कुरामा सल्लाह गरेर संविधान संशोधन गर्ने विषयमा आफूहरू बिच सहमति भएको देउवाले जानकारी दिनुभयो ।
सबै दल मिलेर अगाडि बढेको खण्डमा मुलुकले निकास पाउने देउवाले प्रष्ट पार्नुभयो । यसले मुलुकलाई अघि बढाउने पनि उहाँले बताउनुभयो ।
आफूहरूले लुकाएर कुनै काम नगरेको बताउँदै देउवाले सबै कुरा देखाएको देउवाले बताउनुभयो । एमाले र कांग्रेस बिच भएको सहमति बारे संसद्मा नै जानकारी गराएको देउवाले प्रष्ट पार्नुभयो ।
