इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बढुवाका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
साहुले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।
