काठमाडौं । भोली भदौ १० गते सोमबार सार्वजनिक विदा हुने भएको छ ।
सोमबार श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो ।
तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।
बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।
