• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन


  • धनकुटा खबर
  • .

काठमाडौं। डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन्।

उनले भनेका छन्-‘रवि लामिछाने क्लवबाट निष्काशित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशन गर्ने अधिकार क्लवलाई छैन। न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ।’

ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन्।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖