• Friday 9th of October 2026

शक्तिशाली भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

एजेन्सी । विश्वभर भूकम्पका घटना दिनानुदिन बढिरहेका छन् । विश्वका विभिन्न ठाउँमा हरेक दिन एकभन्दा बढी भूकम्प गइरहेका छन् । कुनै साना कम्पन छन्, त कुनै ठूला धक्का । आज बिहीबार एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको छ । जसको तीव्रता रिक्टर स्केलमा ६.१ थियो।

एल साल्भाडोरको ला लिबर्टाडबाट ६० किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर यो भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ३ बजेर १२ मिनेटमा भूकम्प गएको हो । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेले पनि एल साल्भाडोरमा आज आएको भूकम्पको पुष्टि गरेको छ ।

घर र भवनहरू हल्लिए, मानिसहरू डरले बाहिर भागे
एल साल्भाडोरमा भूकम्पका कारण घर र भवनहरू बेस्सरी हल्एिका छन् । जसका कारण मानिसहरु डरले बाहिर निस्कन बाध्य भएका छन् । भूकम्पका कारण कतिपय घर तथा भवनका पर्खालमा स–साना दरार पनि परेको देखिएको छ । भूकम्पको धक्का प्रभावित क्षेत्र र आसपासका केही क्षेत्रमा महसुस गरिएको थियो । तर, यस भूकम्पबाट कुनै मानवीय क्षति भने अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖