• Monday 5th of October 2026

यसरी खाली गर्नुहोस् जीमेलको स्टोरेज


  • धनकुटा खबर
  • .

जीमेल प्रयोगकर्ताहरूले प्राय: स्टोरेज फुल भएको वा पूर्ण भण्डारणको समस्या सामना गर्छन्। वास्तवमा, जीमेल धेरै यस्ता स्पाम मेलहरूले भरिएको हुन्छ जुन हामीले पढ्दैनौँ। यी स्पाम मेलहरूले तपाईँको जीमेल स्टोरेज पुरै भर्छन्।

यदि तपाईँको जीमेल स्टोरेज पनि भरिएको छ र अब तपाईँले यी स्पाम मेलहरू मेटाउने निर्णय गर्नुभएको छ भने, यो लेख तपाईँको लागि उपयोगी हुनेछ।

तपाईँले ३० सेकेन्डमा १० एमबी फाइल चयन गरेर भण्डारण खाली गर्न सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिले आफ्नो जीमेल अकाउन्ट खोल्नुहोस् । यसपछि माथिको सर्च विकल्पमा जानुहोस् ।

अब has:attachment larger:10MB टाइप गरेर खोज्नुहोस् । यति गरेपछि तपाईँले १० एमबी भन्दा बढी साइजका मेलहरू देख्नुहुनेछ ।

त्यसपछि अनावश्यक मेलहरू डिलिट गर्न सक्षम हुनुहुनेछ जसको साइज ० एमबी भन्दा बढी छ ।
यसपछि तपाईँको जीमेल स्टोरेज खाली हुनेछ ।

यसका लागि अर्को तरिका पनि छ

सबैभन्दा पहिले गुगल सर्च बारमा जानुहोस् । यस पछि drive.google.com/#quota टाइप गर्नुहोस् । यसपश्चात् तपाईँले ठूला साइज भएका मेलहरू देख्नुहुनेछ ।

यस पछि तपाईँले त्यो फाइल मेटाउन सक्षम हुनुहुनेछ । यति गरेमा तपाईँको जीमेल अकाउन्ट खाली हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖