• Sunday 29th of November 2026

गोदावरी खोलामा एक पुरूष मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । ललितपुरको लुभुस्थित गोदावरी खोलामा एक जना पुरूषको शव फेला परेको छ।

बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ स्थित गोदावरी खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतकको सनाखत भइसकेको छैन।

शव फेला परेको खबरपछि अनुसन्धानका लागि प्रहरीको टोली खटिएको एसपी सुवेदीले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖