• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

उपाध्यक्ष नै संघियताको पक्षमा उभिएपछि रविको प्रदेश खारेजीको अडानले हावा खायो


  • धनकुटा खबर
  • .

काठमाडौँ – मुलुकको लागि संघीयता बोझिलो भयो बेकार छ,यसको खारेज हुनुपर्छ भनी निर्वाचनमा प्रदेश तर्फ उमेद्वार नै नउठाएको रास्वपाको अडानले हावा खाएको छ।

आर्थिक मन्दी र अर्थ राजनीति निकासका सवालमा शुक्रबार वीरगन्जमा भएको ‘आर्थिक नगरीमा अर्थ मन्थन’ बिषयक कार्यक्रममा बोल्दै रास्वपाका उपाध्यक्ष स्वर्णीम वाग्ले संघियताको पक्षमा उभिएपछि रविको अडानले हावा खाएको हो ।

उनले मुलुकको समृद्धिका लागि अर्थ व्यवस्था सुदृढीकरणका कुरा गर्ने क्रममा पार्टीको आगामी कार्यदिशा औल्याउँदै संघीयता चाहिने भनी एमाले कांग्रेस लगायतका पार्टीहरुको विचारको फेरो समाए ।

पुराना पार्टीले अध्याधिक खर्चिलो संरचना बनाएको र जनहितमा राम्रो काम नगरेको चर्को आलोचना गरी रास्वपाले गएको निर्वाचनमा जनमत बटुलेको थियो । तर सोही पार्टीका उपाध्यक्ष वाग्लेले मधेश आन्दोलनको ‘इपिसेन्टर’ वीरगन्जमा पुगेर पुरानै पार्टीको राग अलापे । २०४६ सालदेखि समयमिल्दा वीरगन्ज आएको बताउने उनले यहाँका जनताको ‘सेन्टिमेन्ट’ लिन खप्पिस बुढा दलका पाका नेता झैं मधेशी जनताको मन तान्ने कोशिस गरे ।

‘प्रदेश खारेज, संघीयता खारेज हामीले भन्या छैनौं’ उनले जिकिर गरे । प्रदेश सभा चाही बोझिलो भनेको मात्र हो उनले दावी गरे । पालिका किन ७ सय बढि चाहियो रु ५ सय कम भए पनि पुग्छ भन्दै प्रदेश संरचना बचाएर स्थानीय संरचना संकुचन गर्ने तर्फ उनको संकेत थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖