• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

त्रिभुवन विमानस्थलमा प्रहरीले गर्यो यात्रुमाथि दूर्ब्यवहार, भाइरल बन्यो भिडियो


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ २३ । विदेश उड्न लागेका एक यात्रुमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ।

सुरक्षा जाँचमा खटिएका प्रहरीले यात्रुले लगाएको खादा थुत्न खोजेको देखिन्छ। त्यसपछि यात्रु आफैले खादा खोल्छन्। सुन्दर गैरे सुन्दर फेन्स नामको फेसबुक अकाउन्टमा हालिएको भिडियो अहिले भाइरल भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख डम्बर बहादुर विश्वकर्माले घटनाबारे बुझ्ने काम भइरहेको बताउनु भयो । एसएसपी विश्वकर्माका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिपार्चरबाट भित्र प्रवेश गर्दा यात्रुले खादाहरू लैजान पाउँदैनन।

विगतमा माइकिङ गरेरै यात्रुलाई जानकारी दिने गरिन्थ्यो। तर केही समय यता माइकिङ गर्ने काम बन्द भएको छ। प्रहरी आफैले आग्रह गर्दै भित्र नलैजान भन्ने गरेको एसएसपी विश्वकर्माको भनाई छ । सो घटनापछि ड्यूटप्मा खटिने प्रहरीलाई यात्रुलाई असल व्यवहार गर्न र आफ्नो व्यवहारमा सुधार गर्ने निर्देशन दिइएको बताउनु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖