• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

लुम्बिनीका सांसद केसी जेल चलान


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।

सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।

गत भदौ ४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदा उनी प्रदेश सभामा उपस्थित भएका थिए । प्रहरीको फरार सूचीमा रहेका सांसद उपस्थित भएर विश्वासको मत दिएपछि निकै आलोचना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖