• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

जनार्दनपछि सुदनले हाने प्रचण्डको हेडक्वाटरमा बम


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रचण्डको विरुद्धमा खरो उत्रिदै फरक मत राखेका छन् । उनले संगठन निर्माणका लागि भन्दै ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ शीर्षकमा फरक मत राखेका हुन् ।

उदयपुरको बेलाका नगरपालिका बेलाकास्थित बेलाका रिभर्स बीच रिसोर्टमा आइतबारदेखि सुरु भएको कोशी प्रदेश परामर्श समिति बैठकमा नेता किरातीले फरक मत राखेका हुन् । उनले सारमा आफ्नो विचार राख्दै लिखित रूपमा आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका थिए ।

किरातीले समाजवाद बरमझियाको असली बुढो बाजेको पेडा जस्तै भएको भन्दै अध्यक्ष प्रचण्डलाई ‘देश महायात्रा’ सञ्चालन गरेर विचारको विकासका लागि नेतृत्व गर्न सुझावसमेत पेस गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖