• Sunday 8th of November 2026
  • ट्रेण्डिङ :

एमालेले बोलायो सचिवालय बैठक


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।

यही भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।

यसअघि बसेको पोलिटब्युरो बैठक महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने जिम्मा सचिवालय बैठकलाई दिएको थियो।

अब बस्ने सचिवालय बैठकमा यही विषयमा छलफल हुनेछ। साथै कार्ययोजनालाई अन्तिम रूप दिने तयारी छ।

एमालेले कात्तिक मसान्तभित्र बाँकी रहेका ११ जिल्ला अधिवेशन सक्न निर्देशन दिइसकेको छ।

साथै १० लाख संगठित सदस्यता पुर्‍याउने गरी संगठन विस्तार गर्ने लक्ष्य लिएको छ। कार्ययोजनामा यिनै विषय समेटिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖